कैलालीमा भोली असोज २० गते सोमबारदेखि सेवा प्रवाह सुचारु हुने

Image
Nisarga Hospital

अत्तरियाः जिल्ला प्रशासन कार्यालय, कैलालीले असोज २० गते सोमबारदेखि कार्यालयका सबै सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

CP Hospital Dhangadhi

गृह मन्त्रालयको निर्देशनअनुसार असोज १९ गते सार्वजनिक बिदा मनाइएको भए पनि अब सोमबारदेखि सबै सरकारी तथा सार्वजनिक निकायहरूमा सेवा प्रवाह सुचारु हुने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको हो।

प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी सूचनामा सोमबारदेखि नागरिकका कामकाज र प्रशासनिक सेवा सामान्य रूपमा सञ्चालन हुने उल्लेख छ।

nawajiwan
Attariya Hospital

साथै, सेवाग्राहीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराउन सम्बन्धित निकायका कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। कार्यालयले नागरिकहरूलाई आवश्यक सेवा लिन तोकिएको समयमै उपस्थित हुन अनुरोध गरेको छ।