क्रोसियामा रहेका युवाबाट गोदावरीको ओलानी प्रहरी चौकीलाई कम्प्युटर र प्रिन्टर सहयोग

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–१२ स्थित ओलानी अस्थायी प्रहरी चौकीलाई क्रोसियामा कार्यरत नेपाली युवाहरूले कम्प्युटर र प्रिन्टर सहयोग गरेका छन्। “सहयोगी हातहरू” नामक समूह गठन गरेर युवाहरूले आइतबार एक कार्यक्रममार्फत उक्त सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मालाखेती इलाका प्रहरी कार्यालयका नायव उपरीक्षक रणबहादुर चन्दले यो सहयोगले प्रहरीलाई प्रविधीमार्फत सेवा दिन सहज हुने बताउँदै प्रविधिसँग जोडिन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

CP Hospital Dhangadhi

Attariya Hospital

त्यस्तै, वडा अध्यक्ष भिमबहादुर खड्काले विदेशमा रहेर पनि युवाहरूले सामाजिक उत्तरदायित्व पूरा गरेको भन्दै यसबाट अरूलाई पनि प्रेरणा लिन आग्रह गरे। उनले प्रहरी चौकीमा आवश्यक पूर्वाधार र जग्गा अभाव रहेकाले त्यसको समाधानका लागि प्रयास भइरहेको बताए।

nawajiwan

पूर्व गोदावरी गाविस अध्यक्ष भानसिंह बिकले अन्य देशमा रहेका युवाहरूले पनि आफ्ना क्षेत्रमा यस्तै सहयोग गर्नुपर्ने सुझाव दिए। कार्यक्रममा गोदावरी खानेपानी समितिका अध्यक्ष कृष्ण बिकले कम्प्युटर सहयोगले प्रहरीलाई मुचल्का लगायतका प्रशासनिक काममा सहजता आउने बताए। कार्यक्रममा वडा १० का अध्यक्ष रविन्द्र शाही, वडा ११ का अध्यक्ष प्रेमसिंह बडैला लगायतको सहभागिता थियो।