गोदावरी नगरपालिकाले कर्मचारीहरूलाई दुई पाङ्ग्रे सवारी साधन फिर्ता गर्न निर्देशन

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकाले अव्यवस्थित रूपमा प्रयोग भइरहेको दुई पाङ्ग्रे सवारी साधन फिर्ता गर्न निर्देशन दिएको छ। नगरपालिकाले वडा कार्यालय, मालाखेती अस्पताल, स्वास्थ्य सेवा केन्द्र र कृषि–पशुपन्छी उपचार केन्द्रलाई पत्र पठाउँदै तीन दिनभित्र सवारी साधन बुझाउन आग्रह गरेको हो।

CP Hospital Dhangadhi

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्वारा हस्ताक्षरित पत्रमा कार्यपालिका बैठकको निर्णयअनुसार शाखा प्रमुख, प्राविधिक कर्मचारी र वडा अध्यक्ष बाहेकका पदाधिकारी तथा कर्मचारीहरूले प्रयोग गरिरहेका मोटरसाइकल र स्कुटर तत्काल फिर्ता गर्न भनिएको छ।

Attariya Hospital

नगरपालिकाले सवारी साधन तोकिएका कर्मचारीबाहेक अरूले प्रयोग गर्नु अनियमितता भएको भन्दै जिन्सी शाखामा बुझाउन आग्रह गरेको हो। पत्रमा तोकिएको समयमा सवारी साधन नबुझाए नियमानुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

nawajiwan

Advertize US