पशु चौपाया व्यवस्थापनका लागि पराल सहयोग गरी दिन गोदावरी नगरपालिकाको अपील

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–७ स्थित गोलादेउ सामुदायिक वन, लालपुरमा निर्माण गरिएको गौशालामा रहेका पशुहरूको खाद्यान्न संकट गहिरिएपछि नगरपालिकाले सहयोगका लागि स्थानीयवासीलाई आग्रह गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाले हाल आर्थिक अभावका कारण गौशालामा रहेका पशु चौपायालाई पर्याप्त पराल र दाना उपलब्ध गराउन कठिनाइ भएको जनाएको छ। उक्त समस्याका कारण कार्यालयले किसान र समाजसेवीहरूलाई उपलब्ध पराल, दाना वा जलजस्तै सामग्री सहयोग गर्न अनुरोध गरेको हो।

Attariya Hospital

सहयोग गर्न इच्छुक व्यक्तिहरूले विपिन साउँद (९८५८४७३७२८) वा प्रमल महरा (९८५८७३३१२८) सँग सम्पर्क गर्न सकिने गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिएका छन्।

nawajiwan