ज्वाला देवी युवा क्लबको आयोजनामा “लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता” २०८२ सुरु

Image
oplus_0
Nisarga Hospital

अत्तरिया:- गोदावरी नगरपालिका वडा नं ४ बास्कोटामा रहेको ज्वाला देवि युवा क्लबद्वारा आयोजीत “लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता” २०८२ सुरु भएको छ।
बुधबार ज्वाला देवी युवा क्लबका सचिव खेम जोशीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

oplus_0

CP Hospital Dhangadhi

समारोहमा वडाध्यक्ष हेम प्रकाश मल्लले खेल अनुशासित भएर खेल्न आग्रह गर्दै खेल माध्यम बाट युवाहरुलाई सकारात्मक क्रियाकलापमा जोड दिने विश्वास व्यक्त गरे। समाजमा धेरै व्यक्तिहरू लागू औषध जस्ता कुलतमा फस्दै गइरहेको अवस्थामा यस्ता खेलहरु मार्फत न्यूनीकरका गर्न सहयोग गर्ने भन्ने विश्वास व्यक्त गरे।

खेलको शीर्षक प्रायोजक लोटस आई अंग्रेजी माध्यमिक विद्यालय रहेको छ।
यस्तै उद्घाटनको पहिलो खेल सि वाई सी क्रिकेट एकेडेमी अत्तरिया र व्हाइट बल क्रिकेट बीच भएको छ।
प्रतियोगितामा ८ वटा टिमहरूको सहभागिता रहेका छन्।

oplus_0

nawajiwan
Attariya Hospital

प्रतियोगिता बुधबार देखि सुरु भए सँगै २८ गते सम्म संचालन हुने भएको प्रतियोगितामा लिग चरणमा खेलहरु खेलाइरहेकोआयोजकले जनाएको छ।
सम्पूर्ण खेलहरु बास्कोटा सामुदायीक वन को खेल मैदानमा भइरहेको छ।

प्रतियोगिताको विजेता टिमलाई ४० हजार नगद सहित ट्रफी,मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ। भने दोस्रो हुने टिमलाई २० हजार नगद सहित ट्रफी, मेडल प्रमाण पत्, वितरण गरिने भएको छ । यस्तै उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको व्यबस्था गरिएको आयोजक क्लवले जनाएको छ।