जेवाईसी कप लोटस आई प्रिमियर लिगमा सिवाईसी अत्तरियाको विजयी सुरुवात

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी–४ बास्कोटामा सुरु भएको जेवाईसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरियाले विजयी सुरुवात गरेको छ। बुधबारको उद्घाटन खेलमा सिवाईसीले ह्वाईट बल क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै प्रभावशाली जित हात पारेको हो।

CP Hospital Dhangadhi

टस जितेर ब्याटिङ गरेको ह्वाईट बल क्रिकेट क्लब ९.५ ओभरमै ६० रनमा समेटियो। टोलीका प्रोहित बडुले २०, राजेश भट्टले १२ र प्रिसियस मल्लले १० रन योगदान दिए। सिवाईसीका भोज भट्टराईले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए, जबकि अभिषेक कोइराला र गौरभ जोशीले २–२ विकेट हात पारे।

Attariya Hospital

६१ रनको लक्ष्य पछ्याएको सिवाईसी अत्तरियाले ६.१ ओभरमा ३ विकेट गुमाउँदै सहज जित निकाल्यो। ओपनर खगेन्द्र जोशीले १६ बलमा ३८ रनको आक्रमक पारी खेले। उनलाई राज बि.के.ले १० र कैलाश भट्टराईले ९ रनको साथ दिएका थिए। ह्वाईट बलका नविन जोशी र प्रकाश भट्टले १–१ विकेट लिएका थिए। प्रतियोगिता संयोजक खेमराज जोशीका अनुसार बिहीबार तीन खेलहरू आयोजना गरिने छन्।

nawajiwan