बिपद टास्क फोर्स र समुदायका अगुवाका लागि आत्मसुरक्षा सम्बन्धि ३ दिने तालिम कैलारी गाउँपालिकामा बुधबार देखि शुरु भएको छ ।
कैलारी गाउँपालिकाको समन्वय, Kerk in actie को आर्थिक सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित बाढी तथा पहिरोबाट प्रभावित जनताका लागि आपतकालीन अवस्थामा सहयोग गर्न पूर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा स्थानीय समुदाय र टास्कफोर्सको ज्ञान सीप र क्षमता अभिवृद्धि गरी टास्कफोर्सलाई परिचालन गर्ने उद्घेश्यले उक्त तालिम अायोजना गरिएको हो ।
३ दिने उक्त तालिमको सहजीकरण प्रशिक्षक रतन टमट्टा र चन्द्र साउँदले सहजीकरण गरिरहेका छन ।

तालिमको एक कार्यक्रमका बिच कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी ले उद्घघाटन गरेका थिए । तालिम उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष राजसमझ चौधरीले तालिमबाट स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरणमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
तालिममा कैलारी गाउँपालिकाका बिपद टास्कफोर्स, समुदायका अगुवा र जनप्रतिनिधि गरी २५ जनाको सहभागीता रहेको छ ।
तालिम उद्घघाटन समारोहमा पालिका उपाध्यक्ष भगवती चौधरी,प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र राज जोशी,वडा अध्यक्ष बिष्णु चौधरी,वडा अध्यक्ष दिपेन्द्र बम,वडा अध्यक्ष सन्तराम चौधरी,कार्यपालिका सदस्य सुन्दरी चौधरी, वडा सदस्य किसनलाल चौधरी,वडा सदस्य भागुदास चौधरी, सामाजिक बिकास शाखा अधिकृत यगम कलेल,महिला बिकास शाखा प्रमुख बाल कुमारी चौधरी को सहभागीता थियोे । पालिका बिपत ब्यवस्थापन समिति संयोजक एंव वडा नं ४ का अध्यक्ष ठागुराम चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा परियोजना संयोजक श्री शिबराज पाठक ज्यू ले परियोजना र तालिमको उद्घेश्य बारेमा प्रस्तुतिकरण गर्नुभएको थियोे ।
कार्यक्रमको संचालन डिआआर टेक्निकल एक्सपोर्ट राजेन्द्र रैका ले गरेका थिए ।