कैलाली का’रागा’रबाट भा’गेका ३७३ कै’दीब’न्दी फर्किए, बाँकी २९२ अझै फ’रार

Image
Nisarga Hospital

धनगढी: कैलाली कारागारबाट भदौ २४ गते फरार भएका ६६६ जना कैदीबन्दीमध्ये ३७३ जनाले स्थानीय प्रशासनले तोकेको समयसीमा भित्र कारागारमा फर्केका छन्। प्रशासनले फरार भएका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किन समय दिएका थिए।

CP Hospital Dhangadhi

फर्केका कैदीबन्दीमध्ये ११ जनाले कैद भुक्तानी गरेर छुट पाइसकेका छन्। कारागारका जेलर चिरञ्जिवी सापकोटाका अनुसार, अब तोकिएको समयसीमा सकिएकाले नफर्केका बाँकी कैदीबन्दीलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाइने छ।

Attariya Hospital

जेनजी आन्दोलनको क्रममा ठूलो संख्यामा फरार भएका कैदीबन्दीमध्ये अझै २९२ जना कारागारमा फिर्ता हुन बाँकी छन्। प्रशासनले समयमै फर्केका कैदीबन्दीको विवरण संकलन गर्दै सुरक्षा र व्यवस्थापन सुनिश्चित गर्न कारबाही अगाडि बढाउने जनाएको छ। यस घटनापछि कारागारको सुरक्षा व्यवस्था पुनः समीक्षा गरिने भएको छ।

nawajiwan