धनगढी उपमहानगरपालिकाले फेरि शनिवारीय महिला उद्यम बजार सञ्चालन गर्ने

Image
Nisarga Hospital

धनगढी : धनगढी उपमहानगरपालिकाले फेरि शनिवारीय महिला उद्यम बजार सञ्चालन गर्ने भएको छ । महिलाको श्रम, सम्मान र आर्थिक सशक्तिकरणका लागि मेला सञ्चालन गर्न लागेको हो ।

CP Hospital Dhangadhi

उपमहानगरपालिकाको शनिवारीय महिला उद्यम बजार सञ्चालन तथा व्यवस्थापन समितिको २०८१ असोज २१ गतेको निर्णय अनुसार “महिलाहरूको श्रमको सम्मान, आर्थिक सशक्तिकरणको अभियान” भन्ने नारासहित यो बजार सुरु गर्न लागिएको जनाएको छ ।

उपमहानगरले धनगढीको वडा नम्बर १ स्थित जेनजी मार्गमा प्रत्येक शनिबार बिहान २ बजेदेखि साँझ ६ बजेसम्म बजार सञ्चालन हुने जनाएको छ । यस बजारमा सहभागी हुन इच्छुक महिलाहरूले रोजगार शाखामा असोज २७ गतेदेखि कात्तिक ११ गतेभित्र आवेदन फाराम भरेर पेश गर्नुपर्ने जनाएको छ । मेला कात्तिक १५ गते शनिवारदेखि हरेक शनिवार सञ्चालन हुने छ ।

nawajiwan
Attariya Hospital

धनगढी उपमहानगरपालिकाले यस अभियान मार्फत स्थानीय महिलाको उत्पादन तथा सीपलाई प्रोत्साहन गर्दै आर्थिक रूपले सबल बनाउने लक्ष्य लिएको छ । महिलाले घरमै उत्पादन गरेका सामग्री बिक्री–वितरण गर्न सक्ने अवसर प्रदान गर्ने भएकाले यो बजार महिलाको आत्मनिर्भरता र उद्यमशीलतामा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय समुदाय, उपभोक्ता र महिला उद्यमीहरूलाई बजारमा सहभागी भई आफ्ना उत्पादनहरू प्रवद्र्धन गर्न उपमहानगरले आग्रह गरेको छ ।