बैतडीको सुर्नया गाउँपालिकामा युवाहरूले तालाबन्दी, सार्वजनिक सुनुवाइ स्थगित 😮

Image
Nisarga Hospital

बैतडीको सुर्नया गाउँपालिकामा शुक्रबार हुने तय सार्वजनिक सुनुवाइ कार्यक्रम युवाहरूको विरोधका कारण स्थगित भएको छ। स्थानीय युवाहरूले पालिकाको कार्यालयमा तालाबन्दी गर्दै विभिन्न माग राखेका छन्।

CP Hospital Dhangadhi

युवाहरूले पालिकालाई पटकपटक सूचना माग्दा उपलब्ध नगराइएको भन्दै असन्तुष्टि जनाएका हुन्। गत जेठमा भएका गतिविधि, कार्यपालिकाका निर्णय, जनप्रतिनिधिले प्रयोग गरेको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएको मसलन्द खर्चसमेतको १३ लाखभन्दा बढीको पूर्ण विवरण सार्वजनिक गर्न माग गरिएको छ। २०७४ सालदेखि हरहिसाब अघि राख्नुपर्ने माग समेत राखिएको छ।

Attariya Hospital

युवा भुवन चन्द र बिशाल भट्टका अनुसार पालिकाले माग अनुसार जानकारी प्रदान नगरेको छ।

nawajiwan

गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुवरले भने, “आगामी दिनमा मागिएका सूचना नियमानुसार चाँडोभन्दा चाँडो उपलब्ध गराइनेछ।” तालाबन्दी र विरोधका कारण सार्वजनिक सुनुवाइ कार्यक्रम विथोलिएको छ।

Advertize US