कैलाली उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि १,९४० मत खसे !

Image

अत्तरिया : कैलाली उद्योग वाणिज्य संघको ५१ औं साधारण सभा शनिबार बिहान १० बजेबाट सुरु भएको मतदानका साथ नयाँ नेतृत्व चयनको प्रक्रिया थालिएको छ। यस वर्ष संघमा अध्यक्षसहित ९ पदाधिकारी र १३ सदस्य गरी २२ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ।

चुनावमा दुई मुख्य समूह प्रतिस्पर्धामा छन् – पुष्कर ओझा र रुपेश स्वाँरको नेतृत्वमा रहेका व्यवसायी समूह। वरिष्ठ उपाध्यक्ष पदमा सुरेन्द्र राठी र सचिव पदमा कोपिला कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

nawajiwan
Attariya Hospital

कैलाली उद्योग वाणिज्य संघमा कुल २,२७४ मतदाता छन् भने यस निर्वाचनमा १,९४० मत खसेका छन्। मतदानको परिणामले आगामी दिनमा संघको नेतृत्व कसरी अघि बढ्नेछ भन्ने स्पष्ट पार्ने विश्वास व्यक्त गरिएको छ।

उद्योग, व्यवसाय र वाणिज्य क्षेत्रमा प्रतिनिधित्व गर्ने संघको नेतृत्व चयनको यस पटकको प्रक्रिया व्यापारी समुदायमा उच्च रुचि र उत्साहका साथ भइरहेको छ। परिणाम सार्वजनिक भएपछि नयाँ नेतृत्वले संघको गतिविधि र योजना अगाडि बढाउनेछ।