अत्तरियामा ब्राह्रवन साझेदारी वन उपभोक्ता समूहको आठौं साधारण सभा सम्पन्न

Image

अत्तरिया : कैलालीको गौरिगंगा नगरपालिका–६ बनबेहडामा अवस्थित ब्राह्बन वन साझेदारी सामुदायिक वन उपभोक्ता समूहको आठौं साधारणसभा सम्पन्न भएको छ । आज (शनिबार) साधारण सभा सम्पन्न भएको हो ।

nawajiwan

साझेदारी वनका अध्यक्ष विरबहादुर चोखालको सभापतित्वमा आयोजित सभाको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइराला रहेका थिए । सभामा प्रमुख अतिथि सचिव दीर्घ नारायण कोइरालाले वनको नियमावली अनुसार साझेदारी वन र सामुदायिक वन फरक रहेको बताउँदै सरकारको उपभोक्ता समूहको र स्थानीय तहबीच सहकार्य गरेर त्रिपक्षीय साझेदारीमा साझेदारी वन अगाडि बढेको अवधारण व्यक्त गरे । उनले वन उपयोग भन्दा संरक्षणमा बढी जिम्मेवारी पूर्वक अघि बढ्नुपर्नेमा जोड दिए । उपभोक्ताहरूलाई काठ वितरण आवश्यकता अनुसार मात्र गर्नुपर्ने बताउँदै दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार अगाडि बढ्नुपर्ने आवश्यक रहेको उनले औल्याए ।

Attariya Hospital

सचिव कोइरालाले उपभोक्ता समिति, पदाधिकारी र स्थानीय समुदाय सबैले वन संरक्षणमा सकारात्मक दृष्टिकोण र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । यस्तै सभामा साझेदारी वनका अध्यक्ष वीर बहादुर चोखालले वनको विधान अनुसार साझेदारी वनलाई सुरक्षित र व्यवस्थित रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै वन संरक्षणमा सधैं तत्पर रही उपभोक्ताहरूका माग पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

चोखालले वनको संरक्षण र दिगो उपयोग दुवैमा सन्तुलन कायम गर्दै साझेदारी वनलाई उदाहरणीय बनाइने लक्ष्य लिइएको छ । साधारण सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी वर्षका कार्यक्रम र बजेट प्रस्तावबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिवेदनमा सार्वजनिक गरिएको उल्लेख विवरण अनुसार वनले आर्थिक वर्ष २०८१र०८२ मा विभिन्न शीर्षकहरुमा २ करोड ४१ लाख ५० हजार २ सय ४२ रुपैयाँ बराबरको कारोबार गरेको छ । यस्तै आर्थिक वर्ष २०८२र०८३ मा जम्मा अनुमानित आय रकम १६ करोड ८५ लाख ८७ हजार १ सय ९५ रुपैयाँ बराबरको र वार्षिक कार्यक्रम अनुमानित खर्च विवरणमा विभिन्न शिर्षकहरुमा १२ करोड ८३ लाख २६ हजार ३ सय २ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । सभामा विभिन्न क्षेत्रका जनप्रतिनिधि, वन प्रतिनिधि, लगायत उपभोक्ताहरूको उपस्थिति रहेको थियो ।