
इजरायली सेनाले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको औपचारिक घोषणा गरेको छ।

आईडीएफका अधिकारीले आज बिहान साढे ७ बजे इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समा जोडेर “He is no more” भन्ने जानकारी दिएका हुन्।
अमेरिकाको मध्यस्थतामा हमास र इजरायलबीच भएको युद्धविरामपछि आज रिहा गरिने २० जनाको सूचीमा विपिनको नाम नपरेको राजदूत पण्डितले बताए।


कञ्चनपुरका विपिन जोशी अध्ययनका सिलसिलामा इजरायल पुगेका थिए। गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा उनी बन्धक बनेका थिए।
सन् २०२३ नोभेम्बर १७ मा गाजाको अल शिफा अस्पतालमा अन्तिम पटक देखिएका विपिनको अवस्था त्यसपछि अज्ञात रहँदै आएको थियो। 💔
































