कांग्रेस नेता बलायरको प्रश्न– “महाधिवेशन गर्न कसले रोकेको हो, शेरबहादुरले ?

Image
Nisarga Hospital

नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले महामन्त्री गगन थापालाई नियमित महाधिवेशन गर्न कसले रोकेको हो भनेर तीव्र प्रश्न गरेका छन्। पार्टी कार्यालय सानेपामा शुक्रबार जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले मङ्सिरभित्रै महाधिवेशन गर्ने भनिए पनि कार्यान्वयन नहुनुको कारणबारे जवाफ मागे।

CP Hospital Dhangadhi

बलायरले सभापति शेरबहादुर देउवाले महाधिवेशन नगर्ने भनेका थिए कि केन्द्रीय समितिले मिति सारेको हो भनेर प्रश्न उठाउँदै भने, “महामन्त्रीले मङ्सिरमै गर्ने भन्नुभयो, गर्नुस् न, कसले रोकेको छ? शेरबहादुरले?”

उनका अनुसार म्याद सकिएको कार्यसमितिबाट विशेष महाधिवेशन गर्ने निर्णय नै विवादास्पद छ।
सरकार सञ्चालनमा संलग्न भएर अहिलेको सरकारप्रति प्रश्न उठाउनु दोहोरो व्यवहार भएको उनले टिप्पणी गरे।

nawajiwan
Attariya Hospital

बलायरले भने, “हिजो संयन्त्रमा बसेर सरकार सञ्चालन गर्ने, अहिलेको सरकारलाई मान्यता दिने तपाईंहरू नै होइन?”
उनले राजनीतिक मूल्याङ्कनबिना चुनावमा भाग लिनुपर्ने धारणा राख्नेहरू अपरिपक्व भएको उल्लेख गर्दै वर्तमान सरकारले वार्ता र क्षमता प्रदर्शन गर्न असफल भएको बताए।

देउवाविरुद्ध बोल्नेहरूले अहिले प्रशंसा गर्न थालेको भन्दै उनले इतिहासले यसको मूल्याङ्कन गर्ने चेतावनी दिए।

Advertize US