ज्योति चक्र स्मृति क्रिकेट कप सम्पन्न: उत्कृष्ट खेलाडी, टिम र अवार्डको यस्तो रह्यो नतिजा

Image
Nisarga Hospital

कञ्चनपुर:- ज्योति बाल क्लबद्वारा आयोजित ज्योति चक्र स्मृति कप क्रिकेट प्रतियोगिता–२०८२ (११औँ संस्करण) को उपाधि आयोजक ज्योति ईङ्लिस बोर्डिङ स्कुल, कृष्णपुर–५, गुलरिया कञ्चनपुरले हात पारेको छ। कृष्णपुर–४ स्थित लालिगुँरास युवा क्लब खेलमैदानमा कार्तिक २१ देखि २८ गतेसम्म सञ्चालन गरिएको प्रतियोगितामा १५ टिमहरूको सहभागिता रहेको थियो। फाइनलमा सरस्वती विद्या निकेतनलाई ९ रनले पराजित गर्दै ज्योति स्कुल विजेता बन्दा उपविजेता बनेको सरस्वती टिमले नगद २१ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने विजेता ज्योति स्कुलले नगद ३१ हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो।

CP Hospital Dhangadhi

व्यक्तिगत विधातर्फ सरस्वती विद्या निकेतनका प्रदिप कुवरले ८० अंक सहित म्यान अफ दि सिरिजको उपाधि हात पार्दै आकर्षक साइकल जिते। फाइनल खेलको म्यान अफ दि म्याच भने ज्योति स्कुलका बिबेक खड्का घोषित भए। रिज एकेडेमीका नवराज ओझाले १०५ रन बनाएर बेस्ट ब्याट्सम्यान, सरस्वती विद्या निकेतनका प्रदिप कुवरले ९ विकेट लिएर बेस्ट बलर तथा पशुपति विद्या निकेतनका समीर कामी ईनर्जेटिक प्लेयर घोषित हुँदै ट्रफी तथा नगद पुरस्कार प्राप्त गरे।

Attariya Hospital

समापन कार्यक्रम ज्योति बाल क्लबकी उपाध्यक्ष भूमिका पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्‌का सदस्य–सचिव लोकबहादुर खड्का प्रमुख अतिथि रहेका थिए। विभिन्न विद्यालयका प्रतिनिधि तथा खेलप्रेमीहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन हरीबहादुर कार्कीले गरेका थिए। प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी आयोजक तथा ज्योति स्कुलका संस्थापक/प्रिन्सिपल कुबेर खडकाले बताएका छन्।

nawajiwan