लालझाडी गाउँपालिका स्वास्थ्य क्षेत्रमा प्रदेशमै पहिलो, उत्कृष्ट प्रगति सूचक हासिल

Image
Nisarga Hospital

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशस्तरिय एकीकृत स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समिक्षा गोष्ठीमा कञ्चनपुरको लालझाडी गाउँपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अंक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रदेशभरका ८८ वटा पालिकामध्ये लालझाडीले सबैभन्दा उच्च प्रगति सूचक र प्रभावकारी कार्यसम्पादनका आधारमा यो उपलब्धि हात पारेको हो।

CP Hospital Dhangadhi

यो सफलतामागाडि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, सदस्यहरू, स्वास्थ्य शाखाका सहकर्मी, ९ वटै स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी, विषयगत शाखाका प्रमुख, महिला स्वस्थ्य स्वयंसेविका, आमा समूहका सदस्य तथा स्वास्थ्य कार्यालय कञ्चनपुर, स्वास्थ्य निर्देशनालय दिपायल–डोटी परिवारको निरन्तर सहयोग र मार्गदर्शन रहेको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताएका छन्।

nawajiwan
Attariya Hospital

जनस्वास्थ्य शाखा लालझाडी गाउँपालिकाले उपलब्धिमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत जनमुखी सेवा प्रवाह, स्वास्थ्य सूचक सुधार र प्रभावकारी कार्यक्रम कार्यान्वयनमा थप प्रतिबद्धता रहने जनाएको छ।