सुदूरपश्चिममा एचआईभी संक्रमितको दरमा उतार–चढाव, कैलाली सबैभन्दा उच्च जोखिममा

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा एचआईभी संक्रमणको अवस्था पछिल्ला पाँच वर्षमा निरन्तर उतार–चढावमा रहेको छ। स्वास्थ्य निर्देशनालय, राजपुर डोटीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २१५ जना नयाँ संक्रमित थिए भने २०७८/७९ मा ३२५ पुगेका थिए। त्यसपछि क्रमिक रूपमा कमी आउँदै आर्थिक वर्ष २०८१/८२ मा १८१ जना नयाँ संक्रमित देखिएका छन्।

CP Hospital Dhangadhi

आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी संक्रमित कैलालीको गोदावरीमा छन्, जहाँ ७७ जना नयाँ संक्रमित थपिएपछि कुल १,७४० जना उपचाररत छन्। अछाम ५७०, कञ्चनपुर ४५५, डोटी ४९०, डडेल्धुरा १२५, बैतडी १३२, बझाङ ९६, बाजुरा ७२ जना उपचाररत छन्। दार्चुला मात्र ५० जना संक्रमितसहित सबैभन्दा कम जोखिममा रहेको छ।

एचआईभीसँग सम्बन्धित मृत्यु दर अझै उच्च रहँदै आएको छ। निर्देशक डा. खगेन्द्र बमका अनुसार, निमोनिया, डायबिटिज र दम जस्ता अन्य रोगले पनि संक्रमितको मृत्युमा भूमिका खेलेको छ। तर समयमै उपचार र नियमित औषधि सेवनले जोखिम कम गर्न सकिन्छ।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ६ ठाउँमा एचआईभी संक्रमित शून्य रहेका छन्। १०१–२०० संक्रमित भएका स्थानीय तह ८, ५१–१०० संक्रमित भएका १२ र २१–५० संक्रमित भएका १६ स्थानीय तह छन्।

स्वास्थ्यकर्मीका अनुसार संक्रमितको उपचार नियमित नआउनु, भारत प्रस्थान, उमेरसम्बन्धी समस्याहरू, पोषण, यातायात र शिक्षासम्बन्धी चुनौतीहरू अझै ठूला चुनौती बनेका छन्। प्रदेशमा शून्य नयाँ संक्रमण, शून्य एचआईभी–सम्बन्धित मृत्यु र भेदभाव अन्त्य गर्ने लक्ष्यको दिशामा अझै प्रयास आवश्यक छ।