गोदावरीमा १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरीमा आजदेखि १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यतासँग सुरु भएको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा आयोजित उद्घाटन समारोहका साथ प्रतियोगिता प्रारम्भ भएको आयोजकले जनाएको छ।

nawajiwan

oplus_0

मंसिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीहरूको क्षमता र प्रतिभा उजागर गर्ने उद्देश्यसहित भलिबल, कबड्डी, एथलेटिक्स, दौड, हाइ जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रोजस्ता ट्रयाक–फिल्ड प्रतिस्पर्धासँगै कराँते, तेक्वान्दो र उसु जस्ता मार्सल आर्टका खेल पनि समावेश छन्।

oplus_0
Attariya Hospital

प्रतियोगिताले स्थानीय विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, खेलकुदप्रति रुचि र प्रतिभाशाली खेलाडी पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। २२ वटा सामुदायिक र २१ वटा संस्थागत गरी जम्मा ४३ वटा विद्यालय सहभागी रहेको यस रनिङ्ग शिल्डले प्रदेशस्तरीय खेलाडी उत्पादनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले प्रतियोगिताको शुभारम्भ गर्दै विद्यार्थीहरूलाई अनुशासित भएर खेल्न र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरे। उनले प्रतियोगिताका दौरान आवश्यक सहयोगका लागि नगरपालिका सधैं तत्पर रहेको जानकारी दिएका छन्। मंसिर १९ गतेसम्म सञ्चालन हुने १६ औँ राष्ट्रपति रनिङ्ग शिल्डमा भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्टसहित विभिन्न खेलहरू समावेश छन्। उनले प्रतियोगिताले स्थानीय विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र खेलकुदप्रति रुचि विकास गर्न, साथै प्रतिभाशाली खेलाडी पहिचान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे।

oplus_0
oplus_0
oplus_0
oplus_0