
धनगढी : सुदूरपश्चिम प्रदेश निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहका निजामती कर्मचारीको मर्यादाक्रम सम्बन्धी विषयमा ध्यानाकर्षण गराएका छन् ।

यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख भूवन जोशीले बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल सरकारले २०७६ वैशाख १६ गते प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र संघीयताको मर्म विपरीत रहेको उल्लेख गरिएको छ । संविधानले परिकल्पना गरेको सहकार्य, सहअस्तित्व र समन्वयको भावना अनुरूप समान तह÷श्रेणीका कर्मचारीहरूको मर्यादाक्रम तीनवटै तहमा एउटै रहनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

२०७८ माघ १२ गतेको सर्बोच्च अदालतको पूर्ण इजलासले समेत समान तहका कर्मचारीलाई समान मर्यादाक्रममा राख्नुपर्ने स्पष्ट निर्देशन दिएकोमा संघका अधिकारीलाई प्राथमिकता दिंदै आदेको उल्लंघन हुने गरेको पत्रमा उल्लेख गरिएको छ ।

































