परशुराम नगरपालिकाको १२ औँ स्थापना दिवसमा धाम सफाइ अभियान: धार्मिक स्थलमा नयाँ जीवन

Image
Nisarga Hospital

परशुराम नगरपालिकाले आफ्नो १२ औँ स्थापना दिवस अवसरमा परशुराम धाम क्षेत्रमा व्यापक सरसफाइ अभियान सञ्चालन गरेको छ। नगरको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको धामलाई सफा, सुन्दर र व्यवस्थित राख्ने उद्देश्यले गरिएको अभियान उत्साहजनक रूपमा सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

कार्यक्रममा नगर प्रमुख भरत जोशी को सक्रिय नेतृत्वमा नगरका प्रमुख प्रशासकिय अधिकृत, विभिन्न शाखाका कर्मचारी, उप–प्रमुख, वडाध्यक्ष, सदस्यहरू, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रहरी, युवाहरू, स्वयंसेवी समूह र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रह्यो। सबैको सामूहिक प्रयासले धाम परिसर, पार्क क्षेत्र, बाटो–घाटो, मन्दिर परिसर र आसपासका सार्वजनिक स्थानहरू सफा–सुगठित बने।

nawajiwan

नगर प्रमुख जोशीले भन्नुभयो, “परशुराम धाम हाम्रो सांस्कृतिक र धार्मिक पहिचानको केन्द्र हो। यसलाई सफा, व्यवस्थित र आकर्षक राख्नु हाम्रो साझा जिम्मेवारी हो। स्थानीय समुदाय र प्रशासनको सहकार्यले हामीले यहाँको वातावरणलाई अझ रमणीय बनाएका छौँ।”

Attariya Hospital

परशुराम धामको सफाइ अभियानले धार्मिक स्थलको संरक्षण मात्र नभई पर्यटक आगमन बढाउने, स्थानीय समुदायलाई उत्साहित गर्ने र सार्वजनिक जिम्मेवारीप्रति सचेत बनाउने ठूलो योगदान दिएको आयोजकहरूले जनाएका छन्। अभियानले नगरवासीमा सामूहिक सहभागिता र स्थानीय धार्मिक क्षेत्रप्रतिको प्रेमलाई अझ सुदृढ बनाएको छ।

जय परशुराम!