
कक्षा ८ को उत्कृष्ट नतिजाका आधारमा गोदावरीका सामुदायिक र संस्थागत विद्यालयका १६ शिक्षकहरूलाई सम्मानित गरिएको छ।

सामुदायिक विद्यालयतर्फ लक्ष्मी माध्यमिक विद्यालयका नेपाली शिक्षक केशरी भट्ट, सामाजिक शिक्षक बम बहादुर कडायत र विज्ञान तथा प्रविधि शिक्षक सिद्धराज जोशी, साथै घण्टेश्वर माध्यमिक विद्यालयका स्वास्थ्य शिक्षक जानुका भट्ट, हाम्रो गोदावरी शिक्षक जयन्ती अवस्थी, गणित शिक्षक युवराज जोशी र अंग्रेजी शिक्षक वीरेन्द्र प्रसाद भट्ट सम्मानित भए।
संस्थागत विद्यालयतर्फ शैनिक आवासिय महाबिद्यालयका हर्क बहादुर बोहरा, नरेन्द्र बहादुर ऐरी, सत्यवती एकेडेमी अत्तरियाका सन्तोष चौधरी, शैनिक आवासियका राजेन्द्र विष्ट, सन्तोष कुमार चौधरी, खगेन्द्र प्रसाद कलौनी, यजराज भट्ट, सत्यवती एकेडेमी अत्तरियाकी सञ्जना भण्डारी र वैसर्ट एकेडेमीका दल बहादुर खड्कालाई सम्मान प्रदान गरियो।


नगरप्रमुख वीरेन्द्र भट्टले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा उनीहरूलाई सम्मान गर्दै उत्कृष्ट योगदानको प्रशंसा गरे।

































