कैलालीको अत्तरियामा प्रभातफेरीसहित ३४ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

Image
Nisarga Hospital

अत्तरिया : ३४ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस सोमबार कैलालीको अत्तरियामा विभिन्न कार्यक्रमसहित मनाइएको छ। दिवसको अवसरमा गोदावरी नगरस्तरीय अपाङ्ग कार्य सञ्जालले प्रभातफेरी आयोजना गर्दै स्थानीयहरुमा अपांगता सम्बन्धी सचेतना फैलाएको थियो। प्रभातफेरीमा सहभागीहरूले अपांगता भएका व्यक्तिहरूको हक, अधिकार र समावेशी समाज निर्माणका सन्देश प्रकट गरेका थिए।

CP Hospital Dhangadhi

सञ्जालले दिनभर विभिन्न अन्तरक्रिया, संवाद तथा सचेतनामूलक कार्यक्रमको पनि आयोजना गरेको जनाएको छ।

सन् १९९२ देखि विश्व स्वास्थ्य संगठन (WHO) को पहलमा हरेक वर्ष डिसेम्बर ३ मा विश्व अपांगता दिवस विश्वभर मनाइँदै आएको छ।

यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्धन : सामाजिक उन्नतिको संवर्द्धन’ मूल नाराका साथ दिवस मनाइएर अपांगता भएका व्यक्तिहरूको पहुँच, अवसर र सम्मानका विषयमा ध्यान केन्द्रित गरिएको आयोजकले बताएका छन्।