१६औँ गोदावरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दुर्गालक्ष्मी नमूना मावि प्रथम, शैनिक दोस्रो

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय अत्तरियाले हात पारेको छ ।

CP Hospital Dhangadhi

Attariya Hospital

दुर्गालक्ष्मीमै मंसिर १६ गतेदेखि सुरु भएको नगरस्तरिय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माविले १८ स्वर्ण १३ रजत र २३ कास्य सहित जम्मा ५३ पदकसहित उपाधी हात पारेको हो ।

nawajiwan

प्रतियोगितामा १२ स्वर्ण १५ रजत र २० कास्य सहित सैनिक आवासिय महाविद्यालय तेघरीले दोस्रो स्थान हाँसिल गरेको छ । त्यस्तै ९ स्वर्ण, ४ रजत र ३ कास्य सहित दुर्गा भवानी मावि हरैया तेस्रो भएको छ ।

२१ संस्थागत तथा २२ सामुदायिक गरि नगरका ४३ ओटा विद्यालय सहभागी प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र १०१ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा २४ विद्यालयले स्वर्ण पदक जित्न सफल भएका छन् ।

बिहिबार राति अबेर सम्पन्न कार्यक्रमको समापनमा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले विजेता, उपविजेतालाई पुरस्कार वितरण गर्दै अनुशासन पुर्वक खेल सम्पन्न गरेकोमा खेलाडी, खेल प्रशिक्षक, व्यवस्थापक सबैलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै आगामी वर्ष नवज्योति मावी मालीका टोलले प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बिहिवार अत्तरिया आयोजना गरिएको कार्यक्रममा मेयर भट्टले निर्बाचित भएको झन्डै साढे तीन वर्षपछि आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै भने, “म ठूलो लगानी गरेर मेयर निर्वाचित भएको हुँ। कांग्रेस संगठनको निर्माणमा पनि मेरो ठूलो योगदान छ। तर भ्रष्टाचारको मामलामा म मरिन सक्छु, झुन्डिन तयार छु, संगठन छोड्न सक्छु, तर करप्सन गर्दिन। सानातिना आलोचना कहिलेकाहीँ दिक्क लाग्छ। मेरो घर, जुन २०७२ सालमा पुर्ख्यौली सम्पत्ति बेचेर बनाएको थियो, गत भाद्र २४ गते जलाइयो। मैले अहिलेसम्म बोलेको थिएन, आज यसबारे स्पष्ट पार्न चाहन्छु। हामी सबै जिम्मेवार बन्नु जरुरी छ।”

उहाँले जे.जि. आन्दोलनका कतिपय माग जायज भए पनि आन्दोलनको नाममा भएका तोडफोड र आगजनी पूर्णतः गलत भएको बताउनुभयो।

साथै, जे.जि. समूहसँग उपयुक्त नेतृत्व नभएकाले संगठनात्मक परिवर्तन हुन नसकेको र समितिले बजेटमा काम गर्न कठिनाइ भोग्दै आएको उहाँको गुनासो छ। केन्द्र सरकारको बजेट घट्ने क्रममा नगरका योजना कार्यान्वयनमा समस्या भइरहेको र आगामी दिनमा योजनालाई प्रभावकारी बनाउन चुनौती रहेको मेयर भट्टले स्पष्ट पार्नुभयो।