कैलालीको स्याउले बजारमा बृहत रक्तदान र सरसफाइ अभियान हुदै

Image
Nisarga Hospital

“रक्तदान–जिवनदान, सरसफाइ–स्वस्थ समाज” भन्ने नारा सहित स्याउलेबजार, गोदावरी–८ मा बृहत्त रक्तदान तथा सरसफाइ कार्यक्रम मंसिर २० गते हुने भएको छ । स्याउलेबजार व्यवस्थापन समितिको मुख्य आयोजनामा मंसिर २० गते शनिबार भएको कार्यक्रममा स्थानीय युवाक्लब, विद्यालय र समुदायको उल्लेखनीय सहभागिता रहने भएको छ ।

CP Hospital Dhangadhi

रगत दिनुहोस्, जीवन बचाउनुस् भन्ने उद्देश्यसहित आयोजित रक्तदान कार्यक्रममा युवादेखि अगुवा नागरिकसम्म सक्रिय सहभागिता देखदसरसफाइ अभियानमार्फत बजार क्षेत्र र बस्ती वरपरको वातावरण सफा राखेर स्वस्थ समुदाय निर्माणमा सबैको सामूहिक प्रतिबद्धता झल्किने भएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३३ रिजर्भ गण बन्हेडा, स्याउले आधारभूत स्वास्थ्य सेवा केन्द्र, श्री दुर्गा मावि, श्री दुर्गा ज्योति इंग्लिस स्कूल, श्री समेनी मावि लगायत स्थानीय युवा क्लबहरूको सहयोग उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।