कैलाली ५ मा काँग्रेसले डा. आर्जु सहित चार उम्मेदवार सिफारिस

Image
Nisarga Hospital

कैलाली : नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ५ कैलालीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा पूर्वपरराष्ट्रमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा, प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, २०७९ सालमा सोही क्षेत्रबाट विजयी भएका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वड परेका छन्।

CP Hospital Dhangadhi

क्षेत्रीय सभापति भीम पडालले मङ्गलवार बसेको बैठकले चार जना नेताको नाम सिफारिस गरेको जानकारी दिएका छन्। उनले आरजु राणा देउवालाई एक नम्बर, नरनारायण शाहलाई दुई नम्बर, डिल्लीराज पन्तलाई तेस्रो नम्बर र नृपबहादुर वडलाई चौथो नम्बरमा उम्मेदवारका लागि सिफारिस गरिएको बताए।

समितिले मङ्गलवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म इच्छुक व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेको थियो। सो अवधिमा चार जनाको मात्र नाम दर्ता भएपछि सबैको नाम स्वीकृत गरिएको समितिले जनाएको छ।

nawajiwan
Attariya Hospital

आरजु राणा २०७४ सालको निर्वाचनमा धनगढी क्षेत्रबाट एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। २०७९ सालमा पनि उनी त्यही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने चर्चा चलेको थियो, तर उनले समानुपातिक प्रणाली रोजेकी थिइन्।

यससँगै, क्षेत्रीय समितिले समानुपातिक निर्वाचनका लागि ११ जना र राष्ट्रियसभा सदस्यका लागि ३ जनाको नाम पनि सिफारिस गरेको जनाएको छ। यस निर्णयले आगामी निर्वाचनमा कांग्रेसको रणनीतिमा स्पष्टता आएको छ र क्षेत्रीय नेतृत्वले उम्मेदवार चयन प्रक्रिया सहज बनाएको छ।