चितवनमा रवि लामिछानेको कडा सन्देश- षडयन्त्रले रोकिँदैन परिवर्तनको यात्रा

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका निम्ति लड्दा आफूमाथि विभिन्न षडयन्त्र भए पनि आफू कत्तिपनि विचलित नभएको स्पष्ट पारेका छन्। शनिबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको यात्रामा अवरोध सिर्जना गर्ने प्रयास भए तापनि आफू अडिग रहेको बताए।

CP Hospital Dhangadhi

लामिछानेले जेनजी (Gen Z) को आन्दोलन र उनीहरूले उठाएका मागप्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्दै उक्त आन्दोलनपछि बनेको सरकारले विचलित नभई निष्पक्ष र समयमै निर्वाचन गराउनुपर्ने धारणा राखे। वर्तमान सरकारलाई रास्वपाको पूर्ण समर्थन रहेको स्पष्ट पार्दै उनले जनताको अपेक्षा अनुसार काम गर्न सरकारलाई आग्रह गरे।

सभापति लामिछानेले आफूलाई विभिन्न मुद्दा लगाएर जेल पठाउनेहरू नै संकट पर्दा हेलिकप्टरमा झुण्डिएर भाग्ने गरेको टिप्पणी गरे। उनले यस्ता प्रवृत्तिका नेताहरूलाई आगामी निर्वाचनमार्फत शून्यमा झार्न जनतालाई आह्वान गरे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

देशमा वास्तविक परिवर्तन चाहने शक्तिहरूसँग सहकार्यका लागि निरन्तर छलफल भइरहेको जानकारी दिँदै लामिछानेले परिवर्तनका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए। उनले जनताको साथ, विश्वास र सहभागिताबाट मात्रै देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरे।

Dhnagadhi & Krishanapur