एमाले अध्यक्ष ओली र पोखरेल देउवा भेट्न महाराजगञ्जमा

Image
Nisarga Hospital

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज महाराजगञ्जस्थित देउवाको निवासमा एक महत्त्वपूर्ण भेट भएको छ।

CP Hospital Dhangadhi

यो भेट भदौको जेनजी आन्दोलनपछि दुई दलप्रमुख बीचको दोस्रो उच्चस्तरीय भेट हो। यसअघि मंसिर १० गते पनि एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए। आजको भेटमा ओलीले पार्टीका महासचिव शंकर पोखरेललाई साथ लिएका थिए भने देउवाको पत्नी आरजु राणा देउवा पनि सामेल थिइन्।

यसैबीच, देउवा-ओलीबीच मंसिर १० गते भएको पहिलो भेटपछि संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेसका आठ पूर्वसांसदद्वारा दायर गरिएको रिट सर्वोच्च अदालतमा पुगेको छ। एमाले पनि यससँग सम्बन्धित मुद्दामा पहिले नै सर्वोच्च अदालतमा पुगिसकेको छ। दुवै दलका शीर्ष नेताबीच भएको भेटले वर्तमान राजनीतिक गतिरोध समाधान गर्ने दिशामा संवादको सुरुवात भएको संकेत दिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur