लालझाडी गाउँपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न, भानु मा.वि कञ्ज प्रथम

Image
Nisarga Hospital

कञ्चनपुर: लालझाडी गाउँपालिकामा माघ १९ गते शनिबार सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा सातौँ गाउँपालिका स्तरीय छनौट खेलकुद प्रतियोगितामा भानु माध्यमिक विद्यालय, कञ्ज विजेता बनेको छ।

CP Hospital Dhangadhi

विद्यालय तहका विद्यार्थीहरूको खेलकुद क्षमता विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा एथलेटिक्ससहित विभिन्न खेल विधा समावेश गरिएको थियो।

nawajiwan

प्रतियोगितामा भानु माध्यमिक विद्यालयले २० स्वर्ण, १३ रजत र १६ कास्य पदकसहित ४९ अंक प्राप्त गर्दै प्रथम स्थान, शारदा राष्ट्रिय माध्यमिक विद्यालय, नौराँग ११ स्वर्ण, ५ रजत र २ कास्यसहित दोस्रो तथा सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया डुङ्गा १० स्वर्ण, ७ रजत र १० कास्यसहित तेस्रो भएको छ।

Attariya Hospital

कार्यक्रम लालझाडी खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रानाको सभाध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष निर्मल रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

समापन समारोहमा अध्यक्ष रानाले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। लालझाडी गाउँपालिका स्तरीय १६ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगिता गत माघ १७ देखि १९ गते सम्म भानु मा.वि को व्यवस्थापन सहित सञ्चालनमा रहेको थियो।