भारतीय इन्डियन आइडलका पहिलो नेपाली विजेता गायक प्रशान्त तामाङको निधन

Image
Nisarga Hospital

भारतीय गायन रियालिटी शो इन्डियन आइडलका विजेता तथा चर्चित गायक–अभिनेता प्रशान्त तामाङको निधन भएको छ। भारतको राजधानी नयाँ दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनको असामयिक निधनले नेपाली र भारतीय संगीत तथा फिल्म क्षेत्र शोकमा डुबेको छ।

CP Hospital Dhangadhi

भारतीय मूलका नेपालीभाषी प्रशान्त तामाङ इन्डियन आइडलको तेस्रो संस्करण जितेपछि रातारात चर्चाको शिखरमा पुगेका थिए। सरल व्यक्तित्व, मधुर आवाज र मेहनतले उनले लाखौँ दर्शकको मन जितेका थिए। गायनसँगै अभिनय क्षेत्रमा पनि सक्रिय तामाङले नेपाली चलचित्रमा समेत उल्लेखनीय योगदान दिएका छन्।

उनले ‘गोर्खा पल्टन’, ‘प्रदेशी’ र ‘प्रदेशी–२’ जस्ता सफल नेपाली चलचित्रमा अभिनय गर्दै आफूलाई बहुआयामिक कलाकारका रूपमा स्थापित गरेका थिए। गीत, संगीत र अभिनयमार्फत नेपाली कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन योगदान पुर्‍याएका तामाङको निधनले अपूरणीय क्षति पुगेको छ। उनका प्रशंसक, सहकर्मी र कला प्रेमीहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur