कृष्णपुरको वाणी खानेपानी उपभोक्ता तथा सरसफाइ समितीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिका-२ बैजनाथ टोल वाणीमा रहेको श्री वाणी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आफ्नो नियमित पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रमका सभाअध्यक्ष खानेपानी समितिका अध्यक्ष गगन भारती, प्रमुख अतिथि कृष्णपुर नगरपालिका का नगर प्रमुख हेमराज ओझा, विशिष्ट अतिथि कृष्णपुर २ का वडा अध्यक्ष अर्जुन सिह साउँद, वडा सदस्य राजेन्द्र बहादुर सिह, डिभिजन खानेपानी कैलाली ईन्जिनियर महानन्द पाण्डेय, विभिन्न संघ संस्थाका प्रतिनिधि, उपभोक्ता लगायतको उपस्थिति रहेको थियो।

CP Hospital Dhangadhi

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य दान बहादुर महताले राखेका थिए। त्यस्तै समितिका सचिव केशव नाथ योगी”करन”ले वार्षिक आय-व्यय प्रस्तुत गरेका थिए। सचिव नाथका अनुसार सार्वजनिक स्थानमा १० वटा धारा निशुल्क जडान गरिएको र हालसम्म ४ सय ८० घरमा धारा जडान गरिएको बताए। उनले खानेपानी नपुगेका क्षेत्रमा आगामी वर्ष थप विस्तार गर्ने योजना रहेको बताए। साथै
समितिको आर्थिक वर्ष २०८१/०८२ को कुल आयव्यय २८ लाख ८८ हजार ८ सय ४९ रुपैयाँ रहेको रहेको बताए।

nawajiwan

Attariya Hospital

सार्वजनिक क्षेत्रमा धारा जडानमा विशेष ध्यान दिनुपर्ने ‘यो खानेपानी योजना मुक्तकमैया परिवारलाई लक्षित गरी निर्माण गरिएको हो, यहाँ करिब ६ सय परिवार छन् तर हाल थोरै परिवार मात्र खानेपानीको पहुँचमा छन्, नयाँबस्तीमा समेत खानेपानी विस्तार हुनुपर्ने वडा अध्यक्ष अर्जुन सिह साउदले बताए।

त्यस्तै सबै नागरिकको पहुँचमा शुद्ध खानेपानी पुगाउन पाइप लाइन विस्तार गर्न आवश्यक रहेको, ‘खानेपानी मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण छ, नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ,’ उनले भने, ‘गत वर्ष पाइपलाइन विस्तारका लागि बजेट विनियोजन गरेका थियौं, यस वर्ष पनि बजेट व्यवस्था गरिएको छ।’ प्रमुख अतिथि कृष्णपुर नगरपालिका का नगर प्रमुख हेम राज ओझाले बताए। सार्वजनिक धारा जडानका लागि सामुदायिक वन उपभोक्ता समूहहरूले समेत योजना बनाउनुपर्नेमा मेयर ओझाले जोड दिए।

खानेपानी समितिले आगामी अनुमानित आय-व्याय ९२ लाख ९२ हजार ४ सय रुपैया प्रस्तुत गरेको छ। आगामी बर्ष का कार्य योजनामा खानेपानीको भवन बाउन्ड्री टङ्कीमा पेन्टिङ, फिल्ड मर्मत तथा बगैंचा निर्माण, पानी गुणस्तर चेकजाँच गर्न मसिन प्रदेश खानेपानी कार्यालयसँग अनुदान माग गर्ने लगायत उल्लेख गरिएको छ। वाणी खानेपानी अब थप व्यवस्थित भएर अघि बढ्ने, शुद्व खानेपानीको पहुँच सबै क्षेत्रमा विस्तार गर्ने योजना रहेको अध्यक्ष गगन भारतीले बताएका छन्। वाणी खानेपानीको पाचौं साधारण सभा सञ्चालन भने खानेपानी समितिका सदस्य जित बहादुर चौधरीले गरेका थिए।