कैलाली भिजन बोर्डिङ स्कुलद्वारा ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनायो

Image
Nisarga Hospital

कैलाली: कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ६ स्थित कैलाली भिजन बोर्डिङ स्कुलले नेपाल एकीकरणका महानायक श्री ५ पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाएको छ।

CP Hospital Dhangadhi

​सो अवसरमा विद्यालय प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको थियो। आधुनिक नेपालको जग बसाल्ने पृथ्वीनारायण शाहको अतुलनीय योगदानको स्मरण गर्दै शिक्षक तथा विद्यार्थीहरूले दीप प्रज्वलन गरी उहाँप्रति सम्मान प्रकट गरेका थिए।

​कार्यक्रममा सहभागीहरूले राष्ट्रिय एकता र आपसी सद्भावको कामना गर्दै शुभकामना साटासाट गरेका थिए। विद्यालयले हरेक वर्ष यस्ता ऐतिहासिक दिवसहरू मनाउँदै विद्यार्थीहरूमा राष्ट्रियता र देशप्रेमको भावना जागृत गराउँदै आएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur