निराशालाई चिर्दै शैल्यशिखर बनाउने सपना बोकेका डा. जनक राज पन्त

Image
Nisarga Hospital

विगतमा राजनीतिक दलहरूले जनतालाई निराश बनाइरहेको अवस्थाबीच फरक लक्ष्य र नयाँ जोसका साथ डा. जनक राज पन्त दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा सक्रिय देखिनु भएको छ। शैल्यशिखरका दुर्गम बस्ती र ग्रामीण क्षेत्रहरूमा पुगेर उहाँले स्थानीय नागरिकका समस्या, सुझाव र अपेक्षाहरू बुझ्ने प्रयास गरिरहनु भएको छ।

CP Hospital Dhangadhi


भुइँमान्छेका भावना, वृद्धवृद्धा तथा युवाहरूका कुरा नजिकबाट सुन्दै डा. पन्त हाल शैल्यशिखर नगरपालिकाका विभिन्न वडाहरूको स्थलगत भ्रमणमा व्यस्त हुनुहुन्छ। जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर नेतृत्व गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

Attariya Hospital


आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचनमा शैल्यशिखर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने तयारीसहित उहाँ जनताको अपेक्षा बोकेर समग्र नगरको नेतृत्व लिन आतुर देखिनु भएको छ। आफ्ना कमी–कमजोरी सुधार्दै अग्रजहरूको सुझाव र सल्लाहलाई आत्मसात गर्दै अघि बढ्ने लक्ष्य डा. पन्तले लिनु भएको छ।
हाल डा. जनक राज पन्त शैल्यशिखरवासीको घरदैलोमा पुग्दै जनमत संकलन र जनसरोकारका विषयमा संवाद गरिरहनु भएको छ।

nawajiwan