दार्चुला–तिङ्कर सडकः दुर्गम क्षेत्रमा विकास र सुरक्षा मजबुत बनाउँदै नेपाली सेना

Image
Nisarga Hospital

नेपाली सेनाका जर्नेल पवन खत्री नेतृत्वको टोलीले दार्चुला–तिङ्कर सडक आयोजनाको स्थलगत अनुगमन गरेको छ। टोलीले निर्माणको प्रगति, चुनौती र समग्र अवस्थाबारे जानकारी लिएको छ। सुदूरपश्चिम पृतनाका उपरथी खत्रीले सडकले दुर्गम क्षेत्रको जनजीवन सहज बनाउने मात्र नभई राष्ट्रिय सुरक्षा र सीमावर्ती क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद नेपाली सेनाका जवान निरन्तर खटिरहेका छन् र स्थानीय तहको सहयोगले निर्माण कार्य प्रभावकारी रूपमा अघि बढिरहेको छ।

CP Hospital Dhangadhi

सडक आयोजनाले दशकौँदेखि सडक सञ्जालको पहुँचबाट टाढा रहेको ब्याँस क्षेत्रका बासिन्दालाई यातायात, आर्थिक, सामाजिक र सामरिक विकासको आधार प्रदान गर्नेछ। हाल सडक ब्याँस गाउँपालिका वडा नम्बर २ अन्तर्गत राङथलसम्म पुगेको छ र निकट भविष्यमा दुम्लिङसम्म सवारी साधन पुर्‍याउने लक्ष्य राखिएको छ। यसले दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधि र निर्माण सामग्री ढुवानीमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

Attariya Hospital

स्थानीयवासीका अनुसार सडक निर्माणले बसाइँसराइ न्यूनीकरण, राज्यको उपस्थितिको अनुभूति र दुर्गम क्षेत्रलाई विकासको मूलधारसँग जोड्नेछ। ब्याँस क्षेत्रका बासिन्दाका लागि दार्चुला–तिङ्कर सडक आशा, सम्भावना र भविष्यको मार्गका रूपमा हेरिएको छ।

nawajiwan