रास्वपाबाट डडेल्धुरामा तारा जोशीको प्रतिनिधिसभा उम्मेदवारी घोषणा

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डडेल्धुरामा प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जोशीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको हो।

CP Hospital Dhangadhi

‘भिजन डडेल्धुरा’ अभियानका अभियान्ता रहेका जोशी सामाजिक तथा राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। गत प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्दै नेपाली कांग्रेसका बहालवाला मन्त्री गोविन्दराज बोहरालाई पराजित गरेका उनी अब राष्ट्रिय स्तरमा आफ्नो प्रभाव विस्तार गर्ने लक्ष्य राखेका छन्।

रास्वपाले डा. जोशीलाई सक्षम, इमानदार र जनमुखी उम्मेदवारको रूपमा अघि सार्दै स्वास्थ्य, शिक्षा र दुर्गम क्षेत्रका नागरिकका समस्याहरू सदनमा प्रभावकारी रूपमा उठाउने क्षमताको उच्च मूल्यांकन गरेको छ। उनका समर्थकहरूले यस कदमलाई डडेल्धुरामा समावेशी र विकासमुखी नेतृत्वको संकेत भएको बताएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur