कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको अन्तरिम आदेश अस्वीकार, थापा नेतृत्वलाई बाटो खुला

Image
Nisarga Hospital

नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश आवश्यक नदेखिएको ठहर गर्दै रिटमाथि तत्काल रोक नलगाउने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

यस निर्णयसँगै गगन थापा नेतृत्वको कांग्रेसलाई राजनीतिक तथा संगठनात्मक गतिविधि अघि बढाउन स्पष्ट बाटो खुलेको छ। शेरबहादुर देउवा सहित दुई जनाको तर्फबाट दायर रिटमा निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको थियो। देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै आयोग र त्यसपछि सर्वोच्च अदालतको ढोका ढकढक्याएको थियो।

Attariya Hospital

तर गगन थापा–विश्वप्रकाश शर्मा पक्षले आयोजना गरेको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको र निर्वाचन आयोगले पनि सोही नेतृत्वलाई आधिकारिकता दिएको थियो। सर्वोच्चको अन्तरिम आदेश नआएसँगै आयोगको निर्णय यथावत् रहने देखिएको छ।

nawajiwan

विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको टिकटमा हस्ताक्षर गरी वितरण गरिसकेका छन्। सोही आधारमा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।