दार्चुलामा प्रतिनिधि सभा चुनाव: ११ दलका उम्मेदवार दर्ता

Image
Nisarga Hospital

दार्चुला जिल्लामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ११ राजनीतिक दलका उम्मेदवारले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

नेपाली कांग्रेसबाट धर्मानन्द जोशी, नेकपा एमालेबाट गणेश सिँह ठगुन्ना, र नेपाली कम्युनिस्ट पार्टीबाट लक्ष्मण दत्त जोशीले उम्मेदवारी दर्ता गरेका छन्।

त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट विर्खराज पन्त, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट विद्या देव जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजेश सिँह सामन्त (साउँद), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजेश चन्द, नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावल, आम जनता पार्टीबाट प्रेम सिँह बडाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट नवराज भट्ट, र संवैधानिक लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगन ठगुन्नाले पनि उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारहरूलाई औपचारिक रूपमा दर्ता गरिएको जानकारी दिएको छ। यसैसँग दार्चुलामा प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धा निकै उत्साहजनक र रंगीन हुने देखिन्छ।