सुदूरपश्चिम प्रदेशमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाको नेतृत्वमा डा. निरज अर्याल

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुखको जिम्मेवारी डा. निरज अर्याललाई प्रदान गरिएको छ। प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयले उनलाई उक्त महत्त्वपूर्ण जिम्मेवारी दिएको हो।

CP Hospital Dhangadhi

स्वास्थ्य क्षेत्रको नीति निर्माण, अस्पताल पूर्वाधारको विकास तथा प्रदेशभर उपलब्ध चिकित्सा सेवाको प्रभावकारी व्यवस्थापन गर्ने जिम्मेवारी यस महाशाखाको मुख्य कार्यक्षेत्र हो। सोही महाशाखाको नेतृत्व सम्हाल्दै डा. अर्यालले प्रदेशस्तरीय स्वास्थ्य सेवा सुधारमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Attariya Hospital

स्वास्थ्य सेवा व्यवस्थापन तथा चिकित्सकीय क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. अर्याल स्वास्थ्य प्रणाली सुदृढीकरणमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। नयाँ जिम्मेवारी सम्हालेपछि उनले सुदूरपश्चिम प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थाहरूको सेवा प्रवाहलाई गुणस्तरीय, प्रभावकारी र जनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

nawajiwan

प्रदेश सरकारको स्वास्थ्य सुधार अभियानमा डा. अर्यालको नेतृत्वले अस्पताल सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन तथा नागरिकको स्वास्थ्य पहुँच अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।