कैलालीमा किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान सुरु,गोदावरीमा १४ सय किशोरीलाई लगाईदै

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकामा १ हजार ४०७ बालबालिकालाई पाठेघरको मुखको क्यान्सर (एचपीभी) खोप लगाइने भएको छ। आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने ‘एचपीभी खोप अभियान’ अन्तर्गत कक्षा ६ मा अध्ययन गर्ने किशोरीलाई लक्षित गरी खोप दिइने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

CP Hospital Dhangadhi

स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीका अनुसार, गत वर्ष ११–१४ वर्ष उमेरका र स्कुलमा नजाने १०–१४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको थियो। यस वर्ष पनि खोप एकपटक मात्र लगाइने भएकाले गत वर्ष खोप पाइसकेकालाई दोहोर्याएर लगाउन आवश्यक छैन।

खोप अभियानका लागि नगरपालिकामा ६२ वटा केन्द्र तोकिएका छन्। तयारी पूर्ण भएको स्वास्थ्य शाखाले जनाएको छ। नेपालमा हरेक वर्ष करिब २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ भने १ हजार ३१३ महिलाको मृत्यु हुने सम्भावना रहेको छ।

पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये दोस्रो हुने भए पनि मृत्युको कारणको रूपमा पहिलो स्थानमा रहेको छ। यस क्यान्सरको मुख्य कारण एचपीभी भाइरस हो, जसका २०० प्रजाति भए पनि १६ र १८ प्रजाति बढी जोखिमपूर्ण मानिन्छ। स्वास्थ्यकर्मीहरूले समयमै खोप लगाउँदा किशोरीलाई भविष्यमा क्यान्सरबाट बचाउन सकिने बताए।