दार्चुलामा जाडोयाममा बस्ने मतदाताका लागि तिङ्करखेडामा मतदानस्थल स्थापना

Image
Nisarga Hospital

दार्चुला जिल्लाको उत्तरी क्षेत्र तिङ्कर र छाङ्रुका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकैको टिङ्करखेडामा मतदान गर्न सकिने व्यवस्था हुने भएको छ। जाडोयाममा परिवारसहित बेँसीमा बस्ने बासिन्दाका लागि उनीहरू बसेकै ठाउँमा मतदानस्थल स्थापना गर्न लागिएको निर्वाचन कार्यालयका प्रमुख प्रदीप धामीले जानकारी दिए।

CP Hospital Dhangadhi

धामीका अनुसार, तिङ्कर गाउँका मतदाताका लागि मौतिमैला सङ्घ आधारभूत विद्यालय र छाङ्रु गाउँका मतदाताका लागि कैलाशपति आधारभूत प्राथमिक विद्यालयमा दुई मतदानस्थलको व्यवस्था गरिएको छ। छाङ्रु गाउँमा ३७५ र तिङ्कर गाउँमा २४४ मतदाता छन्।

Attariya Hospital

निर्वाचन आयोगको सहमतिमा प्रतिकूल मौसमका अवस्थामा पनि मतदाताले आफ्नै क्षेत्रमा मतदान गर्न पाउनेछन्। दार्चुलामा ब्यास गाउँपालिका–१ मा आदिवासी सौका समुदायको बसोबास छ। जिल्लामा ९२,९४८ मतदाता छन् र मतदानका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र स्थापना गर्न लागिएको छ।

nawajiwan

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ११ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।