मैले मन्त्री बन्ने अवसर त्यागेँ, म अवसरवादी होइन’ : डा. तारा जोशी

Image
Nisarga Hospital

डडेल्धुराः प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. तारा जोशीले आफूलाई ‘अवसरवादी’ भन्ने आरोपप्रति कडा प्रतिक्रिया जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी प्रतिस्पर्धामा रहेका उनले परशुराममा आयोजित चुनावी कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

CP Hospital Dhangadhi

डा. जोशीले प्रदेशसभामा रहँदा पटक–पटक मन्त्री पदको प्रस्ताव आए पनि आफूले अस्वीकार गरेको स्पष्ट पारे। “मन्त्री बन्ने अवसर सबैलाई लोभलाग्दो हुन्छ, तर मैले त्यो त्यागेँ,” उनले भने, “एक पटक होइन, धेरै पटक प्रस्ताव आयो, तर म मन्त्री बनेनँ।”

Attariya Hospital

आफूविरुद्ध अवसरवादी भएको गलत हल्ला फैलाइएको भन्दै त्यसले आफ्नो राजनीतिक यात्रामा असर नपरेको दाबी गरे। मन्त्री बनेको भए अहिलेको जस्तो संगठन निर्माण र जनसम्पर्क सम्भव नहुने उनको भनाइ छ। “ठूला अवसर त्यागेर पनि राजनीतिलाई सही दिशामा लैजानु मेरो उद्देश्य हो,” उनले जोड दिए।

nawajiwan

उनका अनुसार तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी प्रस्ताव गरेका थिए। त्यस्तै, कमल बहादुर शाह नेतृत्वको सरकारले दिएको प्रस्ताव पनि उनले अस्वीकार गरेका थिए।