बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा, घटनास्थलतर्फ प्रहरी टोली पुग्यो

Image
AI Photo
Nisarga Hospital

बैतडीः बझाङ तर्फ जान लागेको जन्ती बोकेको बस बैतडीको पुर्चौडी नगरपालिक–७ बडूगाउँ मोडमा दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बझाङको वित्थडचिर गाउँपालिकाबाट फर्किने क्रममा बस दुर्घटनामा परेको हो।

CP Hospital Dhangadhi

घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली तत्काल घटनास्थलतर्फ पठाइएको छ। हालसम्म दुर्घटनामा परेका व्यक्तिहरूको संख्या, घाइतेको अवस्था वा अन्य विस्तृत विवरण प्राप्त भएको छैन। प्रहरीले आवश्यक प्रारम्भिक अनुसन्धान र उद्धार कार्य जारी राखेको जनाएको छ।

Attariya Hospital

स्थानिय प्रहरी र प्रशासनले घटनास्थलको सुरक्षा र राहत कार्यलाई प्राथमिकता दिएको छ। दुर्घटना सम्बन्धी थप विवरण सार्वजनिक भएसँगै जनताको जानकारी उपलब्ध गराइने प्रहरीले बताएको छ। स्थानीय बासिन्दा र यात्रुहरूलाई सुरक्षा र सावधानी अपनाउन सुझाव दिइएको छ।

nawajiwan

बस दुर्घटना क्षेत्रमा यातायात अवरुद्ध हुन सक्ने भएकाले स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न चेतावनी दिएको छ।

Advertize US