
नरी बडु- २२ माघ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस पुचौँडी नगरपालिका– ७ बढ्गाउँ मोडमा दुर्घटना हुदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा थप टिपोटस्(ऐ।२१स्१० बजेको समयमा १८ जना महिला र २७ जना पुरुष गरि जम्मा ४५ जनालाई उद्धार गरेका घाईतेहरुलाई उपचारको लागि स्वास्थ्य चौकी कोटिलाको लागि पठाईएको ।
मृतकहरुको नामावलीस्
बझाङ बित्थडचिर गाउँपालिका( ७ बस्ने वर्ष ४० को केशब राज जोशी
बझाङ बित्थडचिर गाउँपालिका( ७ बस्ने वर्ष १३ को अशोक राज जोशी
बझाङ बित्थडचिरगाउँपालिका( ७ बस्ने वर्ष ३५ को बसन्त जोशी
बझाङ बित्थडचिर गाउँपालिका( ७ बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी ९उपचारको क्रममा०
बझाङ बित्थडचिर(७ बस्ने वर्ष ४२ को नरेश राज जोशी९उपचारको क्रममा०
बझाङ केदारस्यु गाउँपालिका बस्ने वर्ष ६० को मोहन देव भट्ट
बझाङ जयपृथ्बी नगरपालिका( ७ बस्ने वर्ष ४० को बसन्त राज रतला
बैतडी पुर्चौडी नगरपालिका( ७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी
दुर्घटनामा घाइते भएका ३२ जना अहिले कोटीला स्वास्थ्यचौकीमा रहेको र तिनिहरूमध्ये ३ जनाको अवस्था चिन्ताजनक गरहेको बुझिएको छ ।


पवनदुत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।
‘दुर्घटना भएको जानकारी पाएपछि पुर्चौडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ भने पाटनबाट सशस्त्र प्रहरीका डिएसपी शंकर धामी नेतृत्वको टोली समेत घटनास्थलमा खटिएको छ । स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन् ।
बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेकाले मृतकको संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ । घाइतेहरूलाइ स्कुल बस मार्फत छिटो डडेल्धुरा अस्पताल लग्ने तयारी भइरहेको सशस्त्र प्रहरीबल ५१ नम्बर गुल्मका गुल्मपती डिएसपी जंगबहादुर कुँवरले बताउनुभयो ।































