कैलालीमा भन्सार छलीका सामान बरामद, करिब साढे १ लाख बराबरको सामग्री नियन्त्रणमा

Image
Nisarga Hospital

कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा भित्र्याइएका सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–२ उत्तर मझेलाबाट करिब १ लाख ३० हजार ३ सय रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको हो।

CP Hospital Dhangadhi

इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीबार दिउँसो नियमित गस्तीका क्रममा ती सामान बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ। बरामद सामग्रीमा विभिन्न किसिमका कपडा र दुई थान साइकल लगायतका सामान रहेका छन्।

Attariya Hospital

प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छल्दै नेपाल भित्र्याइएका ती सामान कसले र कुन प्रयोजनका लागि ल्याएको भन्नेबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। बरामद सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।

nawajiwan

यस प्रकारका अवैध गतिविधि नियन्त्रण गर्न गस्ती तथा निगरानीलाई थप कडाइ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा हुने भन्सार छलिका गतिविधि रोक्न सहयोग गर्न स्थानीयवासीलाई पनि सचेत रहन र कुनै शंकास्पद गतिविधि देखेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।