धनगढीमा माघ २७ देखि एचपिभी खोप अभियान, २ हजार ३ सयभन्दा बढी किशोरी लक्षित

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकामा महिलामा पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित आगामी माघ २७ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ। उक्त अभियानअन्तर्गत उपमहानगरपालिकाभित्रका २ हजार ३ सय ४० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार खोप अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाभर १ सय १३ वटा खोप केन्द्र स्थापना गरिनेछ। ती केन्द्रहरूमध्ये ९४ वटा विद्यालय र १९ वटा स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिने छ। अभियान सफल बनाउन ६४ जना स्वास्थ्यकर्मी र ९४ जना स्वयंसेवक परिचालन गरिने उहाँले जानकारी दिनुभयो।

nawajiwan
Attariya Hospital

गत वर्ष धनगढी उपमहानगरपालिकामा लक्षित किशोरीमध्ये करिब ९५ प्रतिशतले एचपिभी खोप लगाएको उल्लेख गर्दै उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले यस वर्ष पनि सकेसम्म पूर्ण लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिनुभयो। विद्यालय नजाने तथा पहुँचबाहिर रहेका किशोरीहरूलाई घर–घरमै पुगेर खोप लगाउने व्यवस्था मिलाउनुपर्ने उहाँको सुझाव छ।

उपमहानगरपालिकाले खोप अभियानलाई सफल बनाउन अभिभावक, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायसँग समन्वय गर्दै अभियानलाई व्यापक र प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।