महेन्द्रनगरमा जारी यलबीए कप क्रिकेट प्रतियोगिताको उपाधिमा धनगढीको CCS +2 को कब्जा

Image
Nisarga Hospital

महेन्द्रनगरमा सम्पन्न यलबीए कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै धनगढीस्थित CCS +2 ले उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो।

CP Hospital Dhangadhi

निर्धारित ओभरको खेलमा पहिले ब्याटिङ्ग गर्दै लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले ७० रनको योगफल तयार गरेको थियो जवाफी ब्याटिङ्ग गर्दै CCS +2 ले १४ ओभरमा निर्धारित लक्ष्य पूरा गरेको थियो । बलिङ र ब्याटिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै प्रतियोगिताको उपाधी चुम्न सफल भएको प्रशिक्षक सुलभ थापाले बताए ।

nawajiwan
Attariya Hospital


प्रतियोगिताभरि अनुशासित खेल, टिमवर्क र रणनीतिक खेल प्रस्तुत गरेको CCS +2 को प्रदर्शन दर्शकको प्रशंसाको केन्द्र बन्यो। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने आयर्न दान्पाली म्यान अफ द म्याच घोषित भएका थिए । उपाधीमा कब्जा गरे संगै CCS धनगढीले नगद रु. १ लाख १५ हजार पुरस्कार प्राप्त गरेको छ ।

यलबीए कप क्रिकेट प्रतियोगिता विद्यार्थीहरूमा खेलकुद प्रतिभाको पहिचान, आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो संस्करम पांचौ संसकरण रहेको आयोजकले जनाएको छ।