कैलालीको गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्ष सञ्चालन, सेवा क्षमता विस्तार

Image
Nisarga Hospital

कैलालीको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत रहेको गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्ष स्थापना गरी शल्यक्रिया सेवा सुरु गरिएको छ। अस्पतालका अनुसार शुक्रबारदेखि मोडुलर शल्यक्रिया कक्ष प्रयोगमा ल्याई नियमित शल्यक्रिया सेवा सञ्चालनमा आएको हो।

CP Hospital Dhangadhi

यसअघि गेटा अस्पतालमा आपतकालीन सेवाका लागि मात्र व्यवस्था गरिएको शल्यक्रिया कक्षबाट सीमित सेवा दिइँदै आएको थियो। मोडुलर शल्यक्रिया कक्ष सञ्चालनमा आएपछि अस्पतालको सेवा क्षमता विस्तार भएको छ र बिरामीले समयमै शल्यक्रिया सेवा पाउने अपेक्षा गरिएको छ।

Attariya Hospital

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार हाल निर्माण भएका पाँच वटा मोडुलर शल्यक्रिया कक्षमध्ये तीन वटा कक्षबाट तत्काल सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको छ। बाँकी कक्षहरू आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनपछि क्रमशः सञ्चालनमा ल्याइने जनाइएको छ।

nawajiwan

नयाँ मोडुलर शल्यक्रिया कक्ष सञ्चालनसँगै गेटा अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको छ। साथै, सुदूरपश्चिमका बिरामीले बाहिर जानु नपरी आफ्नै प्रदेशमै गुणस्तरीय शल्यक्रिया सेवा पाउने वातावरण बन्दै गएको अस्पतालले जनाएको छ।