कैलाली–५ मा यज्ञराज ढुंगानाको चुनावी एजेण्डा सार्वजनिक: डिजिटल विकासदेखि रोजगारीसम्म

Image
Nisarga Hospital

नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञराज ढुंगानाले कैलाली निर्वाचन क्षेत्र नं. ५ का लागि आफ्नो विस्तृत चुनावी एजेण्डा सार्वजनिक गर्दै मतदातासमक्ष अपिल गरेका छन्। साधारण परिवारबाट राजनीतिक यात्रामा होमिएका ढुंगाना विद्यार्थी आन्दोलन हुँदै एमाले जिल्ला अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका नेता हुन्।

CP Hospital Dhangadhi

उनले राजनीति पेसा होइन, सामाजिक रूपान्तरणको माध्यम भएको उल्लेख गर्दै इमानदारी, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। उनको एजेण्डामा सूचना प्रविधि र डिजिटल विकास, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, सुशासन र पारदर्शिता, युवा रोजगारी र उद्यमशीलता, कृषि तथा स्थानीय अर्थतन्त्र सुदृढीकरण, पूर्वाधार र शहरी विकास, भूमि अधिकार र सामाजिक न्याय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण प्रमुख छन्।

Attariya Hospital

कैलाली–५ का २९ वडाका १ लाख १० हजारभन्दा बढी मतदातालाई साझा उम्मेदवारका रूपमा स्वीकार गर्न आग्रह गर्दै ढुंगानाले जित–हार जे भए पनि जनताको सेवामा निरन्तर लागिरहने बताएका छन्। युवापुस्ताको विश्वासले परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै उनले सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका छन्।

nawajiwan