चुनावको मुखैमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार महादेव भट्टद्वारा पार्टी परित्यागको घोषणा

Image
Nisarga Hospital

अत्तरियाः नेकपा एमालेका नेता महादेव भट्टले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य रहेका भट्टले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको बताएका हुन्।

CP Hospital Dhangadhi

भट्टका अनुसार उनले २०४१ सालदेखि राष्ट्रिय जनमोर्चाको भातृ संगठनमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए भने २०४८ सालमा एमालेको सदस्यता लिएका हुन्। जनताको बहुदलीय जनवादबाट प्रभावित भई पार्टीमा आबद्ध भएको उल्लेख गर्दै उनले २०४९ सालमा संगठित सदस्यता प्राप्त गरी संगठन निर्माणमा सक्रिय रहेको जनाएका छन्।

Attariya Hospital

उनले २०५४ सालको स्थानीय निर्वाचनमा साबिक कैलपालमाण्डौ गाविसको उपाध्यक्षमा निर्वाचित भई २०५६ देखि २०५९ सम्म कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गरेको बताएका छन्। डडेल्धुराबाट सुरु भएको उनको राजनीतिक यात्रा २०६४ पछि कैलाली केन्द्रित भएको थियो।

nawajiwan

पार्टीको सिद्धान्त र व्यवहारबीच बढ्दो अन्तर, नेतृत्वको कार्यशैली र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको कारण पार्टी परित्याग गरेको उनले बताएका छन्। भट्टले आगामी दिनमा कुनै दलमा आबद्ध नभई स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी पनि दिएका छन्।