धनगढीमा सस्तो, आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा: १०० शय्याको केयरटेकर हस्पिटल सञ्चालनमा

Image
Nisarga Hospital

धनगढीमा स्वास्थ्य क्षेत्रमा नयाँ पहिचान थप्दै १०० शय्याको अत्याधुनिक केयरटेकर हस्पिटल औपचारिक रूपमा सञ्चालनमा आएको छ। यस अस्पतालले सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै निजी अस्पताल जत्तिकै सुविधा र प्रविधि उपलब्ध गराउने लक्ष्य राखेको छ।

CP Hospital Dhangadhi

अस्पतालका अध्यक्ष गोपालबहादुर शाहीका अनुसार उपचार खर्च सरकारी अस्पताल सरह राख्दै सेवा, व्यवस्थापन र प्रविधि निजीस्तरको बनाउने उद्देश्य लिइएको हो। यहाँ २४ सै घण्टा इमरजेन्सी सेवा, मोडुलर अपरेसन थिएटर, जनरल मेडिसिन, हाडजोर्नी, मुटुरोग, न्यूरोलोजी, डेन्टल केयर, फिजियोथेरापी, ल्याब, एक्स–रे र अल्ट्रासाउन्ड सेवा उपलब्ध छन्।

Attariya Hospital

निकट भविष्यमा सिटी स्क्यान, आइभिएफ, मुटु तथा क्यान्सर विभाग सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ। २४ घण्टा एम्बुलेन्स सेवा, पर्याप्त पार्किङ, हरियाली वातावरण र आरामदायी पूर्वाधारले बिरामीमैत्री वातावरण सुनिश्चित गरेको छ।

nawajiwan

सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध हस्पिटलले ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, कमजोर वर्गका बिरामीलाई सहुलियत दिने र स्वास्थ्य शिक्षामा पनि योगदान गर्ने जनाएको छ। स्थानीयवासीले अब धनगढीमै भरोसायोग्य र आधुनिक स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ।