दुर्गालक्ष्मी क्याम्पसका विद्यार्थीलाई अटोमा २०% छुट, आवतजावत सहज बनाउने सम्झौता

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि आवतजावत अब थप सहज हुने भएको छ। क्याम्पस प्रशासन र सुदूरपश्चिम अटो यातायात प्रालिबीच विद्यार्थीलाई अटो भाडामा २० प्रतिशत छुट दिने सम्झौता गरिएको छ।

CP Hospital Dhangadhi

बुधवार भएको उक्त सम्झौतामा क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐर र सुदूरपश्चिम अटो यातायात प्रालिका सञ्चालक अध्यक्ष सिताराम कठायतले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार विद्यार्थीले एक पटकको यात्रामा २० प्रतिशत छुट पाउनेछन् भने अटो सेवा क्याम्पस सञ्चालन अवधिभर नियमित रूपमा उपलब्ध गराइनेछ।

Attariya Hospital

सेवा मार्ग अत्तरिया, स्याउले, धनगढी, गोदावरी, ओलानी र गुलरिया क्षेत्रदेखि क्याम्पससम्म रहने जनाइएको छ। यस व्यवस्थाले टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई आर्थिक भार घटाउनुका साथै नियमित उपस्थितिमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

nawajiwan

सञ्चालक अध्यक्ष कठायतले सम्झौताअनुसार विद्यार्थीको सहज आवतजावत सुनिश्चित गरिने बताए। उक्त सम्झौता २०८४ माघ २७ गतेसम्म कायम रहनेछ।

Advertize US